आफ्नै दुई छोरीलाई विष खुवाएको स्वीकारोक्ति

आफ्नै दुई छोरीलाई विष खुवाएको स्वीकारोक्ति


मोरङको सुन्दरहरैँचा-७, केराबगानमा मृत भेटिएका दुई छोरीलाई उनकै आमाले विष खुवाएको बयान दिएकी छन् । ३ वर्षीया अर्पणा र १ वर्षीया आइकालाई आफैंले विष खुवाएको आमा अस्मिता कार्कीले मोरङ प्रहरीसमक्ष बयान दिएकी हुन् ।

उनले पहिला आफैले विष खाएको र छोरीहरूलाई पनि खुवाएको बयान दिएको प्रहरीको भनाइ छ । छोरीहरूलाई विष खुवाएपछि उनी त्यहाँबाट भाग्दै झापाको बिर्तामोड पुगेकी थिइन् । प्रहरीले त्यहीँबाट उनलाई नियन्त्रणमा लिएको हो ।

अस्मिताको व्यवहार तथा अवस्था असामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरीको निगरानीमा अस्मिताको उपचार भइरहेको छ ।