वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याइएको हो ।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भएको जनाइएको छ ।
प्रतिक्रिया