नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए । भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भनेका छन्, ‘मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।’
ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले रु १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् ।
photo: rss
प्रतिक्रिया