राष्ट्रिय बालदिवस (२९ भदौ)लाई लक्षित गर्दै ललितपुरका पूर्वप्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ । यसै क्रममा संगठनद्वारा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना भएको छ ।
ललितपुर महानगर अपेनकी अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठको समन्वयमा संचालन गरिएको उक्त ट्यालेन्ट सो मा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका थिए ।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखाका अधिकारीको आतिथ्यमा भव्यताका साथ अभिभावकहरूको समेत उपस्थितिमा उक्त ट्यालेन्ट सो सम्पन्न भएको थियो । भाद्र १५ गते सम्पन्न गरिएको किड्स गट ट्यालन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रमको समापन गरिँदैछ ।
प्रतिक्रिया