नारायणगढ-मुग्लिन सडकअन्तर्गत नौकिलो भन्ने स्थानमा सडक भासिएका कारण एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको छ ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु गरिएको बताइएको छ ।
प्रतिक्रिया