७ सय ७० जना क्यान्सरका बिरामी र कुरुवालाई सहुलियत उडान
- सुरेन्द्र सुवेदी, काठमाडौं
नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्वमा गत वर्ष ७ सय ७० जना क्यान्सरका बिरामी र उनीहरुका कुरुवालाई उडानका टिकटको शुल्कमा पूर्ण र आंशिक छुट दिएको छ । जेष्ठ नागरिक र अलग क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउँदै आएको छ । गत वर्ष अजोस २१ गते हुम्लामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका ९ जनाको उद्धारका लागि निगमले जहाज नै पठाएर उद्धार गरेको थियो ।
विश्वका ख्यातिप्राप्त ३० वटा व्यवसायिक रुपमा सक्षम वायुसेवा कम्पनीहरुसित प्रतिस्पर्धा गर्दै विश्वका ८ देशका १० वटा सेक्टरमा दुई/दुई न्यारोबढी र वाइडबढी जहाजले उडान भरिरहेका छन् ।
निगमले गत वर्षको असोज २५ मा इजरायल तथा हमासबीच भएको युद्धका कारण अलपत्र परेका नेपाली विद्यार्थी र नागरिक २ सय ५४ जनालाई स्वदेश ल्याएको थियो । जाजरकोटमा गएको भूकम्पमा परेका घाइतेको हवाई उद्धार र भूकम्पपछि प्राप्त राहतलाई जाजरकोट र रुकुम पश्चिममा पु¥याउन निगमले जहाज उडान भरेको थियो ।
मुगुको ताल्चा विमानस्थलबाट नेपाल आउन छुटेर अलपत्र परेका चिकित्सकहरूलाई निगमको जहाजले उद्धार गरेको थियो भने बाढीपीडितका लागि नेपालगञ्ज-धनगढी, डोटी-धनगढी-नेपालगञ्ज उद्धार उडान सञ्चालन गरेको थियो । गत वैशाखामा हृदयघात भएर सिकिस्त बिरामी परेका गणेश थापालगायत ११ जनाको नेपालगञ्जबाट जुम्ला उडान भरेर उद्धार गरेको निगमले जनाएको छ । यस्तै दुर्घटनामा परेर जुम्ला अस्पतालको भेन्टिलेटरमा रहेका दीपबहादुर रावतको आकस्मिक उडानबाट उद्धार गरिएको थियो ।
प्रतिक्रिया