- द्रोण अधिकारी, झापा
अशोजको पहिलो सता अत्याधिक गर्मीका कारण प्रभावित भएको झापाको जनजीवन तीन दिनयता अविरल वर्षादबाट कष्टकर हुन पुगेको छ ।
गत बुधबार बेलुकादेखि शुरू भएको सिमसिम वर्षाद गएरातिबाट बढेको पानीको रफ्तारका कारण दक्षिणी झापा बढी प्रभावित भएको हो ।
पूर्ण रुपमा अधिकांश सडकसमेत डुबेपछि वर्षादका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ भने विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएको छ ।
अधिक होचा भूभाग र खोला नदीको प्रभाव रहेका झापाका गौरीगञ्ज, गौरादह, शिवगञ्ज, झापा, शरणामती, जलथल, अनारमनी, चन्द्रगढी, भद्रपुर, केचना, घेरावारी र पाठामारीका अधिकाम्स भूभाग डुबानमा परेका छन् ।
जल तथा मौषम विज्ञान केन्द्रले सूचना जारी गर्दै झापाका कन्काई, बिरिङ, निन्दा, मेची नदी आसपासको क्षेत्र बाडी तथा डुवानको जोखिम क्षेत्र भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न र सचेत भएर बस्न सर्वसाधरणलाई सूचना जारी गरेको छ ।
जल तथा मौषम विज्ञान केन्द्रका अनुसार नेपालमा मनसुनी वायु कायमै रहेको छ । जारी वर्षाद बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर अविरल वर्षा भइरहेको छ । त्यसको प्रभावले सिमसिमदेखि भिषण आरी घोप्टे वर्षासम्म हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया