अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गबाट प्रवेशाज्ञा

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गबाट प्रवेशाज्ञा


नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिइएको छ ।

सुरुङमार्गनजिक झ्याप्लेखोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।

काठमाडौं भित्रिने दूध बोकेको ट्याङ्कर, कुखुरा बोकेको गाडीलार्इ सुरुङमार्गमा प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाटै प्रवेश गर्न दिएको छ ।