✍ श्याम लम्साल
आँखाबाट बगेका आँसुहरूले
हाम्रा हृदयलाई पगाले
कहिलेकाहीँ हाँस्ने गरेको मन
बेस्सरी रोयो
आँसुमा डुबेका
पीडामा रमेका
घाँस-दाउरा गर्नेहरूका
सुस्केराहरूले
आरनमा रम्ने वैज्ञानिकहरूका पीडा,
ठेकी हर्पे मदानी बनाउँदा
आउने आनन्दहरूले
अल्मल्याइरहे हामीलाई
बोहोतोका सिन्के बुट्टाहरूले
मोही खाइरहे
आफ्नै धराको स्नेहमै रम्दै
रूम्जाटार झैँ
ट्रली बसको दौडाइसँगै
जहाँको त्यहीँ नै घुमिरहे
बाल्यकालका भोगाइ
र, अहिलेमा खासै फरक अनुभूति
हुन दिएन छ समयले
जति परिवर्तनका
नाटकहरू मञ्चन गरिए पनि
समय
आँसुमा डुबेका सुस्केराहरूमा
डुबुल्की मारिरहेकै रहेछ ।
- दिङ्ला, भोजपुर
प्रतिक्रिया