हटाइयो झ्याप्लेखोलाको पहिरो, ४८ घण्टापछि दुईतर्फी खुल्यो सडक

हटाइयो झ्याप्लेखोलाको पहिरो, ४८ घण्टापछि दुईतर्फी खुल्यो सडक


काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा सडकको पहिरो हटाइएको छ । पहिरो हटाइपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ ।

पहिरो पन्छाएसँगै त्रिभुवन राजपथअन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिएका छन् ।

पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जानकारी दिँदै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रुलगायतको पहलमा अवरुद्ध सडक खुलाइएको जानकार दिए । शनिबार उक्त स्थानमा तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए ।

ती सवारीसाधनबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
photo: rss