पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घट्यो, एलपी ग्यासको यथावत

पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घट्यो, एलपी ग्यासको यथावत


चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

असोज १४ राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु. एक, डिजेलमा रु. दुई, हवाई इन्धनमा आन्तरिकमा रु. ६ तथा बाह्यमा प्रतिहजार लिटरमा रु. ४५, मट्टीतेलमा रु. दुई घटाइएको जनाएको छ । एलपी ग्यासको मूल्य भारतबाट नेपाली रु. ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।