पीडित नागरिकलाई अख्तियारको सहयोग

पीडित नागरिकलाई अख्तियारको सहयोग


हालैको अविरल वर्षाको कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परेका व्यक्ति र परिवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक सहयोग गर्ने भएको छ ।

आयोगका अनुसार आयोगका प्रमुख आयुक्त/आयुक्तको सात दिन, सचिवको पाँच दन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरुको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहको दुई दिन र अन्य कर्मचारीहरुको एक दिनको तलबबरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।