मौसम पूर्वानुमान : पूर्वका नौ जिल्ला खतराको सूचीमा

मौसम पूर्वानुमान : पूर्वका नौ जिल्ला खतराको सूचीमा


मनसुन बाहिरिने दिन (अक्टोबर २ अर्थात् असोज १६) मै नेपालको पूर्वबाट पुनः मनसुन सक्रिय हुने भएको छ । यो मनसुनले पूर्वका नौ वटा जिल्लामा क्षति पुऱ्याउने मौसम विद्हरुले पूर्वानुमान गरेका छन् ।

केहीअघिको विनाशकारी मनसुनले भिजेको माटोमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने र बाढी आउने भन्दै खतराको सूचीमा राखिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला खतराको सूचीमाछन् । साथै यी जिल्ला र आसपासका जिल्लामा पनि जोखिम हुने बताइन्छ ।

वर्षामा मात्र भेल बग्ने स्थानीय भाषामा खहरे भनिने र साना खोलाहरुले भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ जिल्लामा क्षति पुऱ्याउने आङ्कलन गरिएको छ । अबको तीन दिन सकेसम्म यात्रा नगर्न र गर्नै परेमा उच्च सावधानी अपनाउन जानकारहरुले आग्रह गरेका छन् ।

यस वर्षको मनसुन अक्टोबरको दोस्रो साता अर्थात असोज २६ सम्म रहने अनुमान छ । यस वर्षको दशैको टीका पनि असोज २६ गते नै परेको छ । जसले दशैं हिलाम्मे हुने देखिन्छ ।