चाडपर्वमा चिनीको अभाव नहुने साल्टट्रेडिङको प्रष्टोक्ति

चाडपर्वमा चिनीको अभाव नहुने साल्टट्रेडिङको प्रष्टोक्ति


आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी साल्टट्रेडिङ कर्पोरेशनले थप चिनी भित्र्याउन सुरु गरेको छ ।

यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।

कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।