राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (२६ जेठ) मौजुदा मन्त्रिपरिषदमा नियुक्ति हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयले जनाएअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषदमा प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् ।
१. बालेन्द्र साह, प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले, अर्थ
३. शिशिर खनाल, परराष्ट्र
४. विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ
५. सुधन गुरुङ, गृह
६. सुनिल लम्साल, पूर्वाधार विकास
७. सोविता गौतम, कानून, न्याय तथा संसदीय मामिला
८. महाविर पुन, विज्ञान, प्रविधि तथा नवप्रवर्तन
९. सिता वादी, महिला, बालवालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा
१०. प्रतिभा रावल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मासिमला तथा सामान्य प्रशासन
११. निशा मेहता, स्वास्थ्य तथा खाद्य स्वच्छता
१२. सस्मित पोखरेल, शिक्षा तथा खेलकुद
१३. खडकराज पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
१४. डा. विक्रम तिमिल्सिना, सूचना तथा सञ्चार
१५. गिता चौधरी, कृषि, वन तथा पर्यावरण
१६. गौरी कुमारी, उद्योग, वाणिज्य तथा आपूर्ति
१७. रामजी यादव, युवा, श्रम तथा रोजगार
आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिए ।
photo: rss
प्रतिक्रिया