प्रेस सल्लाहकार छान्न राष्ट्रपतिलाई सकस

प्रेस सल्लाहकार छान्न राष्ट्रपतिलाई सकस


Bidhya-Bhandari8राष्ट्रपतिको प्रेस सल्लाहकार बन्न एमाले समर्थक पत्रकारहरूको होडबाजी चलेको छ । राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठतम् पत्रकार एवम् दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई सल्लाहकार बनाउन चौतर्फी दबाब परिरहेको भए पनि विभिन्न कुनाबाट विभिन्न नामहरू राष्ट्रपति भण्डारीसमक्ष पुगेकोले निर्णय लिन कठिनाइ भइरहेको बुझिएको छ । प्राप्त जानकारीअनुसार प्रदीप नेपालले गोरखापत्रबाट अवकाशप्राप्त विजय चालिसेको नाम सिफारिस गरेका छन् । त्यस्तै माधव नेपालले शिव गाउँलेको नाम अगाडि सारेका छन् भने कतिपयले सहिदपुत्र सुवास देवकोटालाई सल्लाहकार बनाउन पनि राष्ट्रपति भण्डारीलाई सुझाएका छन् । पत्रकारिता पृष्ठभूमिका एमाले युवा नेता गोकुल बास्कोटालाई सल्लाहकार बनाउनुपर्ने आवाज पनि एमालेभित्र उठेको छ । तर, बास्कोटा स्वयम् भने प्रतिस्पर्धामा सामेल नभएको बताइन्छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा भने रेडियो नेपालका अधिकृत प्रमोद दाहालको चयन भइसकेको छ ।