पार्टीभित्रबाट राजिनामा माग्ने तयारी

पार्टीभित्रबाट राजिनामा माग्ने तयारी


नेकपा एमालेको केन्द्रीय कमिटीको आगमी आज स्थगित गरिएपछि नेपाल-ओली समूहले वैठक बोलाउन अध्यक्षलाई बाध्य पार्ने रणनीति बनाएको छ । अध्यक्ष पार्टी नीति र निर्देशन अनुसार नचलेको भन्दै केन्द्रीय कमिटी वैठकमा नेपाल ओली समूहले राजीनामा माग्ने तयारी गरिरहेको थियो । वैशाख १५-१७ गतेसम्म लोकतान्त्रिक मधेसी संगठनको राष्ट्रिय सम्मेलन परेको तथा केन्द्रीय कमिटीको बैठकको तयारी नपुगेको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष खनालले आइतवार बैठक स्थगित गर्नुभएको थियो ।

खनालले आठौं महाधिवेशनपछि पूर्णरुपमा केन्द्रीय कमिटीको बैठक नबोलाएको आरोप नेपाल-ओली पक्षले लगाएका छन् । एमाले विधानअनुसार कार्यकाल सकिनु अघि नै अध्यक्षलाई फिर्ता बोलाउने अधिकार राष्ट्रिय प्रतिनिधि परिषद्लाई मात्र छ । अहिलेसम्म परिषद्ले पूर्णता पाइसकेको छैन् । केन्द्रीय कमिटीले गर्नुपर्ने १० प्रतिशत सदस्यको मनोनयनपछि परिषद्ले पूर्णता पाउने छ । जुन निकायले महाधिवेशनको म्यान्डेटलाई समेत उल्टाउन सक्नेछ ।