प्रधानन्यायाधीश गोपाल पराजुलीले आफनो म्याद वैशाखसम्म रहेको बताएका छन् ।
न्यायपरिषदबाट जारी भएको अवकाश सम्बन्धीको पत्र गैरकानूनी भएको दावी गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन् ।
‘मेरो म्याद वैशाखसम्म रहेको छ’, प्रधानन्यायाधीश पराजुलीले भने- ‘अवकाश पत्र गैरकानूनी रुपमा आएको छ ।’
बुधबार न्यायपरिषद्बाट जारी भएको अवकाश सम्बन्धीको पत्रमा गैरकानूनी भएको दावी गर्दै उनले आफनो जन्ममितिलाई आधार मान्दा वैशाखसम्म कार्यसम्पादन गर्न सक्ने दावी गरेका छन् ।
घटना र बिचारसँग कुराकानी गर्दै प्रधानन्यायाधीश पराजुलीले भने, ‘मुलुकलाई संवैधानिक र कानुनी ढंगले अनेकौं चुनौतीहरु पैदा भइरहेको र अहिले अदालतमा जे भइरहेको छ त्यसलाई मैले कानुनी राजलाई चुनौतीको रुपमा लिएको छु ।’
मंगलबार न्यायपरिषद्ले जारी गरेको पत्र भने आफूले हालसम्म नपाएको प्रधानन्यायाधीश पराजुलीको कथन छ ।
र यो पनि पढ्नुहोस् ।
प्रतिक्रिया