माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरको बाँडफाँड दसैँपछि मात्र हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयरको बाँडफाँड दसैँपछि मात्र गरिने सो आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताएका छन् । जिल्लावासीका लागि जारी भएको सेयरको पाराम भर्ने मिति भदौ २१ गते मात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको…