राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले प्रकाशन गरेको ‘सान स्मारिका’को राखेपका सदस्यसचिव केशवकुमार विष्टले विमोचन गरेका छन् । बुधबार विमोचित ६० पृष्ठको स्मारिकामा सानले सञ्चालन गरेका विभिन्न कार्यक्रम पनि समावेश गरिएको छ ।
स्मारिकामा सान स्थापनाको अवधारणा र विकास, खेलाडीको पोषण, मनोविज्ञान, खेलकुद चिकित्सा, डोपिङ, खेलकुद प्रशिक्षण र शिक्षा, खेलाडीले गर्नुपर्ने व्यायाम, सानको भूमिका, खेलाडीको भविष्य, खेलकुद व्यवस्थापनलगायतका विषयवस्तु समेटिएको छ ।
सदस्यसचिव विष्टले स्मारिकालाई आगामी दिन अझ परिस्कृत गर्दै लैजानुपर्ने धारणा राख्दै प्रकाशनले निरन्तरता पाउनुपर्ने बताए । राखेपका प्रेस सल्लाहकार एवं स्मारिकाका सम्पादक रोहित दाहालले सरोकारवाला लाभान्वित हुने विषयवस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा सानका निर्देशक नवीन उप्रेतीले सानले त्रैमासिक रूपमा स्पोर्टस् जर्नल प्रकाशन गर्ने सोच बनाएको जानकारी गराए ।
प्रतिक्रिया