फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरेका थिए । इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डिक्लेन राइसको गोलबाट अग्रता लिएको थियो भने त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले र बुकायो साकाले ३७औँ मिनेटका साथै पहिलो हाफको…