आइतबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्सको एघारौं सिजनका प्लेअफको बाटो टुटेको छ ।
दिल्लीमा भएको सो खेलमा प्रयोगिताबाट बाहिरिइसकेको दिल्लीले मुम्बईलाई हराएको हो । हारसँगै मुम्बईको प्लेअफमा जाने सम्भावना सकिएको हो । दिल्लीले सुरूदेखि नै सन्दीपलाई खेलाएन, जब खेलायो तब ढिला भइसकेको थियो । अन्ततः सन्त्वनामा चित्ता बुझाएको दिल्लीले सुरूबाटै सन्दीपलाई मैदानमा उतारेको भए स्थान अझै माथि पर्न सक्ने थियो ।

दिल्लीको जीतमा भारतीय बलर अमित मिश्रा र नेपाली युवा स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण तीन–तीन विकेट हात पारेका छन् । दिल्लीको तर्फबाट तेस्रो खेलमा सरिक भएका उनले ४ ओभर बलिङमा ३६ रन खर्चिएर ३ विकेट लिएका हुन् ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई १ सय ६३ रनमा अल–आउट हुन पुग्यो । मुम्बईका लागि इभिन लुविसले सर्वाधिक ४८ रन र हार्दिक पाण्डेले २७ रन बनाए । अन्त्यमा बेन कटिङले आक्रामक पारी खेल्दै ३७ रन जोडे पनि मुम्बईलाई जित दिलाउन सकेनन् । बलिङतर्फ सन्दिप लामिछाने, हर्षल पटेल र अमित मिश्राले ३–३ विकेट लिएका थिए ।
११ खेल बेञ्चमा विताएका सन्दिपले दिल्ली प्ले अफमा पुग्ने सम्भावना टरेपछि मैदानमा उत्रने मौका पाएका थिए । सन्दिपको मैदान यात्रासँगै दिल्लीको भाग्य पनि चम्कन पुगेको हो । मौकालाई भरपूर सदुपयोग गर्दै खरो रुपले उत्रिएका थिए ।
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले अन्तिम दिनको खेल चलिरहँदा सन्दिपको समर्थनमा ट्वीट गरेका थिए, उनले ‘निकै राम्रो ग¥यौं, अझै धेरै अघि जानु छ ।’ भन्दै ट्वीट गरेका थिए ।
सन्दिपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा टिममा आबद्ध गर्दा जुन अपेक्षा गरेको थिएन, तर दिल्ली डेयरडेभिल्सललाई आफू त्यो अपेक्षालायक भएको सन्दिपले राम्रैसँग देखाइदिएका छन् ।
प्रतिक्रिया