पर्वतीयमा भट्टराई

पर्वतीयमा भट्टराई


गोविन्दप्रसाद भट्टराईको अध्यक्षतामा १२ सदस्यीय पर्वतीय खेलकुद महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा मनबहादुर न्यौपाने, उपाध्यक्षमा बलराम श्रेष्ठ र सैलेन्द्र राउत, महासचिवमा सञ्जीवकुमार पाण्डे, सचिवमा आरके विष्ट तथा कोषाध्यक्षमा मेघराज पौडेल रहेका छन् । दामोदर नेपाल, महेश थापा, वसन्त थकाली, चन्द्रकुमार राई र रमेशप्रसाद सिवाकोटी सदस्यमा चयन भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य एवम् महासङ्घका निवर्तमान अध्यक्ष युवराज लामालाई मानार्थ अध्यक्षमा चयन गरिएको राखेपअन्तर्गत सङ्घसंस्था समन्वय शाखाका अधिकृत ओम न्यौपानेले जनाएका छन् ।