मूल्याङ्कन समितिले प्रतिवेदन बुझायो

मूल्याङ्कन समितिले प्रतिवेदन बुझायो


मूल्याङ्कन समितिले प्रतिवेदन बुझायो
राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित लिलाम बिक्री मूल्याङ्कन समितिले आफ्नो प्रतिवेदन राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई बुझाएको छ ।

परिषद्मा काम नलाग्ने अवस्थामा रहेका जिन्सीको लगत सङ्कलन गरी सोको मूल्याङ्कन गर्नुका साथै लिलाम गर्न राखेपले समिति गठन गरेको राखेपअन्तर्गत आपूर्ति तथा भण्डार शाखाका प्रमुख सनतबम मल्लले जनाएका छन् ।

समितिकी संयोजक राखेप सदस्य शान्ति सिंहले सदस्यसचिव विष्टलाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।