जुनियर टेनिसमा नुवेन र शिभाली च्याम्पियन

जुनियर टेनिसमा नुवेन र शिभाली च्याम्पियन


नुवेन लिम्बू र शिभाली गुरुङले प्रथम आईएमई, जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यू–८ सिंगल्स उपाधि जितेका छन् । ब्वाइज फाइनलमा नुवेनले अशव हाडालाई १०–७ र १०–४ तथा गल्र्सको उपाधि भिडन्तमा शिभालीले साम्राज्ञी लामालाई १०–७ र ११–९ को सीधा सेटमा पराजित गरेका थिए ।

आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको यू–९ ब्वाइज सिंगल्समा निशाद जोशी पहिलो भए । उनले फाइनलमा बोरिस अधिकारीको चुनौती १–४, ४–१ र १०–८ ले समाप्त पारेका थिए । त्यस्तै, यू–९ गल्र्स सिंगल्समा सैबी ढकालले नाला मास्केलाई ४–२, ०–४ र १०–६ तथा समृद्धि महर्जनले प्रतिष्ठा लामालाई ४–२ र ४–२ को सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका छन् ।

यू–१४ गल्र्स सिंगल्समा सलोनी तामाङले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१, सर्भानी श्रेष्ठले टासी गुरुङलाई ६–० र ६–०, इशाश्री शाहले जेनी महर्जनलाई ६–० र ६–० तथा रायना शाहले सिरिस्ता राईलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका छन् ।

यू–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाह, ऋभिक कार्की, आयुशमान हजुरघले र राजीव प्रधान सेमिफाइनलमा पुगेका छन् । यू–१२ गल्र्स सिंगल्समा उत्सा लामा, रोशनी लिम्बू, मार्सा महर्जन, शिभाङ्गीलक्ष्मी शाह, सदाश्री ढुंगाना, इभा अधिकारी, अजा रेग्मी र आइशा डोल्कर लामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।