कराते खेलाडी एस्टर राई सम्मानित

कराते खेलाडी एस्टर राई सम्मानित


कराते खेलाडी एस्टर राई सम्मानित भएकी छिन् । पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराते महासङ्घले एस्टरलाई सम्मानित गरेको हो । राईलाई जापानको ओकिनावामा यही मे १० देखि १३ तारिखसम्म आयोजना भएको १७औँ जुनियर क्याडेट तथा यू– २१ एसियाली कराते प्रतियोगितामा ६१ केजी तौल समूहमा कास्य पदक प्राप्त गर्न सफल भएबापत महासङ्घले सम्मान गरेको हो । राईलाई महासङ्घले घोषणा गरिअनुसार नगद २५ हजारसहित प्रशंसापत्रद्वारा अध्यक्ष लाखेले सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष लाखेले कराते खेलको विकास र विस्तार गर्न करातेको विवादलाई हटाई सवै करातेकर्मीहरू एकजुट भएर निर्वाचनमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त प्रतियोगिताको दौरान प्रशिक्षक तथा निर्णायक विसन मोते र बलराम मित्रले कुमुतेतर्फ ए रेफ्री लाइसेन्स प्राप्त गरेका थिए । यस्तै मदनकुमार उप्रेती, कुशल श्रेष्ठ, दीपक श्रेष्ठ र राकेश श्रेष्ठले प्रशिक्षकको परीक्षा उत्तीर्ण गरेका थिए ।