प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार बसेको प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठकमै नेकपाले आफ्नो समर्थन फिर्ता लिएको हो । प्रदेश २ मा नेकपाका ३२ जना सांसद रहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८ गतेको जनकपुर भ्रमणको विषयमा विपक्षी दलहरुसँग परामर्श नगरेको, नेपाली कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको र सरकारले राम्रो काम गर्न नसेको बताउँदै नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको जनाएको छ ।
नेकपाको यस निर्णयपछि सभामुख सरोजकुमार यादवले १ घन्टाका लागि बैठक स्थगित गरे । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको सरकार रहे पनि प्रदेश सरकारलाई तत्कलीन एमाले र माओवादी केन्द्रले समेत विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया