इन्डियन प्रिमियम लिग (आईपीएल) २०१८ को संस्करण सम्पन्न भएको छ । आईपीएलको यो संस्करणको फाइनलमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदरावाद पुगेका थिए । जेठ १३ गते आइतबार भएको फाइनलमा चेन्नई हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक च्याम्पियन बन्न सफल भएको छ । यसअघि मुम्बई इन्डियनले तीनपटक आईपीएलको उपाधि जितेको थियो ।
यो संस्करणमा चेन्नई र हैदरावादबीच चारपटक भिडन्त भएको थियो । चारैपटक चेन्नईले हैदरावादलाई पराजित गरेर उपाधिमाथि कब्जा जमाएको थियो । लिग चरणमा दुईपटक भिडेका चेन्नई र हैदरावाद प्लेअफमा फाइनलका लागि भिडेका थिए । सो भिडन्तमा पनि चेन्नईले हैदरावादलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
तर, लिग चरणमा पहिलो र दोस्रो हुने टिमले पुनः फाइनलका लागि भिडन्त गर्न पाउने नियमका कारण हैदरावादले कोलकोतासँग भएको खेलमा विजय हासिल गर्दै फाइनलमा प्रवेश गरेको थियो । यसरी लिग चरणमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टिमहरूबीच नै फाइनलको भिडन्त भएको थियो ।
मुम्बईको वानखडे रंगशालामा भएको फाइनल खेलमा चेन्नई कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिले बलिङ रोजेका थिए । त्यसपछि ब्याटिङ गर्न मैदान उत्रिएको हैदरावादले २० ओभरमा १ सय ७८ रन बनाएको थियो । १ सय ७९ रनको विजय लक्ष्य पाएको चेन्नईले ५ ओभरसम्म सामान्य खेलको प्रदर्शन गरे पनि त्यसपछि आक्रामक रूपमा प्रस्तुत भएको थियो । त्यसपछि चेन्नईले २ विकेटको क्षतिमा विजय हासिल गर्दै च्याम्पियन बनेको थियो ।
फाइनल खेलमा चेन्नई ओपनर सेन वाटसनले उत्कृष्ट पारी खेल्ने शतकीय पारी खेलेका थिए । वाटसनकै महत्वपूर्ण पारीले चेन्नईले सजिलै हैदरावादलाई पराजित गर्न सफल भएको थियो । वाटसनले यो संस्करणमा बनाएको यो दोस्रो शतक हो । उनी अस्ट्रेलियन खेलाडी हुन् ।
प्रतिक्रिया