हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा प्रथम हेराल्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिता जेठ १७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्समा ४० गरी सय टिमको सहभागिता रहने हेराल्डका चेयरम्यान एवम् प्रिन्सिपल नारायणप्रसाद उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् । खेलहरू बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ ।
प्रतिक्रिया