दक्षिण एसियाली मुवाँथाईको निर्देशकमा कक्षपति

दक्षिण एसियाली मुवाँथाईको निर्देशकमा कक्षपति


नेपाल मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपति दक्षिण एसियाली मुवाँथाई फेडरेसनको निर्देशक तथा संयोजकमा नियुक्त भएका छन् । विश्व मुवाँथाई फेडरेसनको ग्रिसमा सम्पन्न बैठकले कक्षपतिलाई सो जिम्मेवारी दिएको सङ्घले जनाएको छ

विश्व मुवाँ महासङ्घका अध्यक्ष सेजमेन सायसन र उपाध्यक्ष गाब्रिएल मार्गले कक्षपतिलाई जिम्मेवारी प्रदान गरेका हुन् । नयाँ जिम्मेवारीअनुसार उनले दक्षिण एसियाली क्षेत्रमा मुवाँथाईको विकास र विस्तारका साथै यस क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना गर्नुपर्नेछ ।

कक्षपतिको स्वीकृतिमा मात्र अब दक्षिण एसियाली राष्ट्रले मुवाँथाईका गतिविधि गर्न पाउने कक्षपतिले जनाएका छन् । कक्षपतिले नेपालसहित दक्षिण एसियाली राष्ट्रमा मुवाँथाईको विकास र विस्तारमा अवसरसँगै चुनौती पनि थपिएको बताए ।