सोतोकान करातेमा नेपाल टिम च्याम्पियन

सोतोकान करातेमा नेपाल टिम च्याम्पियन


नेपालले ११औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । नेपाल ३९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा जेकेए भारत दोस्रो भयो भने ३ स्वर्णसाथ सोतोकान कराते डो सङ्घ भारत तेस्रो भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप राई र महिलामा नेपालकै सुजना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आयोजक सङ्घका अध्यक्ष विष्णु कार्की, महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरका थिए । तीनदिने प्रतियोगितामा १ हजार खेलाडीले विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।