विभिन्न विद्यार्थी सङ्गठनहरूले शैक्षिक संस्थाहरूमा गरिएको तालाबन्दीलगायतका आन्दोलन कार्यक्रमलाई अझै सशक्त तुल्याउँदै निरन्तरता दिने निर्णय गरेका छन् । आठ विद्यार्थी सङ्गठनको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष्म श्यामबाबु गौतम, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, अनेरास्ववियू (क्रान्तिकारी)का सचिव पेशल दाहाल, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल र अखिल (क्रानितकारी)का संयोजक आलोक रायमाझीको संयुक्त बैठकले आगामी १७ गते शैक्षिक सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने र यही जेठ २१ ग्ते आम शैक्षिक हडताल गर्ने निर्णय पनि लिएको छ ।

प्रतिक्रिया