कलंकीमा जी स्पोर्टस् सञ्चालनमा

कलंकीमा जी स्पोर्टस् सञ्चालनमा


एकै ठाउँमा फुटबलसम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले पूर्वफुटबलर सुन्दर थापाले महेश्वर पोखरेलसँग मिलेर कलंकीमा जी स्पोर्टस् सञ्चालनमा ल्याएका छन् ।

जी स्पोर्टस्को अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष शेर्पाले अभियान सफलताका लागि शुभकामना दिँदै गुणस्तरीय सामग्री उपलब्ध गराउन विशेष ध्यान दिनुपर्ने सुझाए ।

सो अवसरमा सञ्चालक थापाले एकै थलोमा फुटबलका सबै सामग्री उपलब्ध गराउने उद्देश्यले जी स्पोर्टस् सञ्चालनमा ल्याएको बताए ।