काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन प्रदेश १ र ३ विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि तीन विकेटको जित दर्ता गरेको हो । त्यस्तै समूह ए अन्तर्गत भएको खेलमा प्रदेश १ ले प्रदेश ४ लाई ७६ रनले पराजित गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्तर्गत कीर्तिपुरमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश ६ ले ४७.४ ओभरमा अलआउट हुँदा १७८ रन बनाएको थियो । ६ का लागि रवीन्द्र शाही र दिवान पुनले अर्धशतक पार गर्दै ५२ समान रन बनाएका थिए ।
त्यस्तै टेक सलामीले २६ रन जोडे । ११ रनमा पहिलो विकेट गुमाएको प्रदेश ६ ले ७५ रन बनाउँदा ६ विकेट गुमाएको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाल्दा प्रदेश ६ ले १७८ रनसम्म जोडेको थियो । बलिङतर्फ ३ का किशोर महतो र जितेन्द्र ठकुरीले २–२ विकेट लिएका थिए ।
१७९ रनको लक्ष्य प्रदेश ३ ले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । प्रदेश ३ का लागि रूपेश श्रीवास्तवले ३९, किशोर महतोले २५, आदिल खानले ३१ र इशान पाण्डेले २३ रन बनाएका थिए । प्रदेश ३ ले ३८ अतिरिक्त रन दिएको थियो ।
बलिङतर्फ प्रदेश ३ को झरेको कुल ७ विकेटमध्ये ६ विकेट चन्द्र बिसी एक्लैले लिए पनि टिमलाई जित दिलाउन सकेनन् । १० ओभर बलिङ गरेका बिसीले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
मूलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ४४.३ ओभरमा अलआउट हुँदै १५८ रन बनाएको थियो । प्रदेश २ का लागि विशाल सुस्लिङले २६, रसिद खानले १८ तथा कप्तान महबुब आलम र राहुलप्रताप सिंहले १७–१७ रनको योगदान दिएका थिए । २८ रन हुँदा पहिलो विकेट गुमाएको प्रदेश २ ले थप २९ रन जोड्दा चार विकेट गुमाएको थियो । प्रदेश २ लाई कम स्कोरमा रोक्नका लागि हरि चौहान र विपिन खत्रीले ३–३ विकेट लिएका थिए ।
१५९ रनको लक्ष्य पछ्याएको प्रदेश ४ २८.५ ओभरमा ९१ रनमा अलआउट भयो । १३ रनमा पहिलो विकेट गुमाएको प्रदेश ४ का खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । ४ को पारीलाई ध्वस्त पार्नका लागि चार वर्षपछि मैदानमा फर्किएका सञ्जम रेग्मीले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेको सञ्जमले ३ मेडन र ५ विकेट लिँदै १६ रन मात्र खर्चिए । संसद शेखले पनि ८ ओभरमा ३ मेडन र ४ विकेट लिँदै २० रन दिए । खेलको प्लेयर अफ दी म्याच सञ्जम रेग्मी घोषित भए ।
प्रतियोगिताअन्तर्गत बुधबार टीयू मैदानमा प्रदेश ४ र १ तथा मूलपानीमा प्रदेश ७ र प्रदेश ५ बीच खेल हुनेछन् ।
प्रतिक्रिया