नेपाल पेनकेक सिलात मार्सल आर्ट सङ्घको आयोजनामा विशेष तालिम तथा सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शुरु भएको छ । तालिममा १५ खेलाडी तथा सेमिनारमा १० प्रशिक्षकको सहभागिता रहेको आयोजक सङ्घका महासचिव दोर्जे लामाले जनाएका छन् ।
तालिम इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदलाई मध्यनजर गरी सञ्चालन गरेको बताइएको छ । एसियाली खेलकुदमा पेनकेकमा नेपालबाट एक खेलाडी विवेककुमार विकले ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् ।
एसियाली पेनकेक महासङ्घका अध्यक्ष एवम् विश्व पेनकेकका निर्देशक सिङ्गापुरका शेख अलाउद्दिनसहित सिङ्गापुर र इन्डोनेसियाका प्रशिक्षकले सञ्चालन गरिरहेका छन् । सेमिनार बिहीबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया