नेपालको माउन्ट गौरीशङ्कर स्कुलले २३औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगिताको उपाधि जितेको छ । च्याम्पियन माउन्ट गौरीशङ्करले ८ स्वर्ण जितेको थियो । त्यस्तै, भारतले ४ स्वर्ण जित्दै दोस्रो स्थान प्राप्त गरेको थियो ।
केन्द्रीय हाइस्कुल कमिटीको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा डेनिश साङगाछे र महिलामा सुप्रिता वाइबा उत्कृष्ट खेलाडी चुनिए । मनीषा मोक्तान उदीयमान खेलाडी चुनिइन् । उत्कृष्ट र उदीयमान दुवै नेपाली खेलाडी हुन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, राखेपका सदस्य एवम् नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कृत गरेका थिए ।
दुईदिने प्रतियोगितामा नेपाल र भारतका विभिन्न विद्यालयका ९ सय खेलाडीले ६७ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन् ।
प्रतिक्रिया