फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी १४ जुन २०१८ देखि रुसमा सुरु हुँदै छ । यो विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाउँदै छन् । विश्वकप छनोट चरण पार गरेर अन्तिम ३२ राष्ट्रमा छनोट भएका राष्ट्रबीच विश्वकपमा भिडन्त हुनेछ । च्याम्पियनविरुद्ध च्याम्पियनको भिडन्त हुने यो प्रतियोगितामा यसपटक निकै उलटफेर हुने अड्कल काटिएको छ । प्रायजसो विश्वकपमा लिग चरणमा निकै उलटफेर देखिए पनि यसपटकको लिग चरण निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र सनसनीपूर्ण हुने फुटबल विज्ञहरूले अड्कल रहेको छ । यो विश्वकपमा कसले बाजी मार्ला त्यो भन्न सकिने अवस्था नभए पनि विश्वकपको प्रमुख दाबेदारको रूपमा अर्जेन्टिनालाई पनि लिइएको छ ।
सन् २०१८ को विश्वकप फुटबलको दाबेदारको रूपमा अर्जेन्टिनाको नाम अग्रपङ्तिमा आइरहँदा विश्वकप आयोजनाको पूर्वसन्ध्यामा अर्जेन्टिनालाई ठूलो धक्का लागेको छ । अर्जेन्टिनाका पिलरका रूपमा रहेका विश्वचर्चित गोलकिपर सर्गियो रोमरो विश्वकपबाट बाहिरिएका छन् । सर्गियो प्रशिक्षणको समयमा घुँडामा लागेको चोटका कारण विश्वकपबाट बाहिरिएका हुन् । उनको दायाँ घुँडामा चोट लागेको छ । सर्गियोले विगत दुई विश्वकप (२०१० र २०१४)मा अर्जेन्टिना टिममा प्रमुख गोलकिपरको भूमिका निभाएका थिए । दुवै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका सर्गियोले सन् २०१४ विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन विशेष भूमिका निभाएका थिए ।

गत साता टिमसँगै प्रशिक्षण गर्दा सर्गियोको दायाँ घुँडामा चोट लागेको थियो । उक्त कुराको जानकारी अर्जेन्टिनी फुटबल महासङ्घ (एएफए) आफ्नो आधिकारिक वेबसाइटसमेत जानकारी गराएको छ । यही चोटका कारण अर्जेन्टिनाको २३ जनाको राष्ट्रिय फुटबल टिमबाट सर्गियोलाई हटाइएको पनि महासङ्घले जनाएको छ । फिफा विश्वकप खेल्ने अन्तिम २३ खेलाडीको सूचीमा सर्गियो नाम नपरेपछि उनी विश्वकप २०१८ बाट बाहिरिएको प्रस्ट भएको छ । प्राप्त जानकारीअनुसार अब म्यानचेस्टर युनाइटेडका खेलाडी सर्गियोको स्थानमा नाहुल गुजमानलाई गोलकिपरको कार्यभार सुम्पिएको महासङ्घले जनाएको छ । त्यस्तै २३ सदस्यीय फाइनल सूचीमा अन्य दुईजना गोलकिपर रिवर प्लेट के फ्रान्को अर्माना र चेल्सीका गोलकिपर बिल्फ्रेडो काबालेरोलाई समावेश गरिएको छ ।
गोलकिपर सर्गियो रोमरो विश्वकपबाट बाहिरिए अर्जेन्टिनी टिमलाई यतिबेला ठूलो धक्का लागेको छ । विश्वकपको आयोजनाको पूर्वसन्ध्यामा आफ्नो अनुभवी गोलकिपर सर्गियोलाई अर्जेन्टिनाले टिम बाहिर राख्नुपरेको छ । डाक्टरले सर्गियोलाई पाँच सातासम्म फुटबलबाट टाढै रहन र विश्राम गर्न सल्लाह दिएका छन् । डाक्टर सल्लाहअनुसार नै उनले विश्वकप नखेल्ने निर्णय गरेका हुन् । सर्गियो अर्जेन्टिना प्रमुख गोलकिपर हुनुको साथै म्यानचेस्टर युनाइटेडका पनि प्रमुख गोलकिपर हुन् ।
फिफा विश्वकप फुटबलका लागि २३ सदस्यीय अर्जेन्टिनी टोलीमा गोलकिपरमा स्नाहुल गुजमान, बिल्फ्रेडो काबालेरो र फ्रांको अर्मानी रहेका छन् । त्यस्तै डिफेन्डरमा गेब्रिएल मार्सेडो, जेवियर मास्चेरानो, निकोल्स ओटामेन्डी, फेडरिको फाजियो, मार्कोस रोजो, निकोल्स टागलियाफिको, क्रिस्टियन एन्साल्डी, मार्कोस अकुना छन् । यसैगरी मिडफिल्डरको जिम्मेवारी लुकास बिगलिया, एडुआडरे साल्बियो, एवेर बानेगा, एन्गेल डी मारिया, मैनुएल लान्जिनी, गियोबानी लो सेल्सो, मैक्सिमिलियानो मेजाले पाएका छन् । त्यस्तै फरवार्डको रूपमा लियोनेल मेसी, सर्गियो अगुएरो, गोन्जालो हिगुएन र पाउलो डेबाला रहेका छन् ।
प्रतिक्रिया