सदस्यसचिव र उत्तर कोरियाली राजदूतबीच भेट

सदस्यसचिव र उत्तर कोरियाली राजदूतबीच भेट


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाकबीच भेटघाट भएको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको भेटमा सदस्यसचिव विष्टले अहिले उत्तर कोरियासँग आईटीएफ तेक्वान्दोसँग खेलकुदमा सहकार्य भइरहेको बताउँदै आगामी दिनमा अन्य खेलमा पनि सहकार्यको वातावरण बनाउन राजदूत किमलाई आग्रह गरेका थिए ।

हाल आईटीएफ तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन उत्तर कोरियाली प्रशिक्षक तीन महिनाका लागि नेपालमा छन् । उत्तर कोरियाली प्रशिक्षकको अवधि जुलाई २० तारिखमा सकिँदै छ । राजदूत किमले खेलकुदमा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा दुईपक्षीय सम्झौता गर्न सदस्यसचिव विष्टलाई उत्तर कोरियाका भ्रमणका लागि निम्ता दिएका छन् ।