ग्रेटमाया र आयोजक लुम्बिनीले दोस्रो लुम्बिनी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । दुवै विजेता गत संस्करणका पनि विजेता हुन् । ब्वाइज फाइनलमा ग्रेटमायाले किस्टलाई ११–१० को साँघुरो अन्तरले पराजित गरेको थियो । ग्रेटमायाको जितमा सञ्जोग राउतले सर्वाधिक ६ अङ्क योगदान गरेका थिए । विशाल राईले ४ तथा सागर तामाङले १ अङ्क जोडे ।
चाबहिलस्थित घरेलु कोर्टमा लुम्बिनीले बिग थ्रीलाई ८–४ ले पराजित गरेको थियो । लुम्बिनीका अस्मिता केसीले ४ तथा अनिशा विष्ट र विदिशा खड्काले समान २–२ स्कोर गरेका थिए ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सञ्जोग र अस्मिता ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ र राष्ट्रिय बास्केटबल खेलाडी सौरभ श्रेष्ठले पुरस्कृत गरका थिए । तीनदिने प्रतियोगिताको ब्वाइजमा ६४ र गल्र्समा ३२ गरी ९६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया