मित्रराष्ट्र चीनको हेनान राष्ट्रको लिनझाउमा भएको २०१८ चाइना लिनझाउ प्याराग्लाइडिङ प्रि.विश्व कपमा नेपालले कांस्य पदक जितेको नेपाल प्याराग्लाडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले बताएका छन् ।
मे २६ देखि ३१ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा व्यक्तिगत क्रसकन्ट्रीतर्फ नेपालका विशाल थापाले उच्च प्रदर्शनका साथ नेपालका लागि कास्य पदक दिलाएका थिए । प्रतियोगितामा आयोजक चीन प्रथम र रसिया दोस्रो भएको थियो ।
एसियाली खेलमा पनि समावेश भएको प्याराग्लाइडिङ खेलबाट नेपालले पदक आशा गरिरहेकोमा यो नेपालीहरूको लागि निकै नै खुसीको कुरा भएको र यसले थप हौसला प्रदान गरको विशाल थापाले बताए ।
प्रतियोगितामा विश्वका १९ राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट ७ खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया