एसियाडका लागि पौडी छनोट प्रतियोगिता

एसियाडका लागि पौडी छनोट प्रतियोगिता


इन्डोनेसियाको जकार्तामा हुने १८औँ एसियाली खेलकुदका लागि पौडी खेलाडीको छनोट प्रतियोगिता जेठ २० गते आइतबारदेखि शुरु भएको छ ।

नेपाल पौडी सङ्घको आयोजनामा हुने २२औँ खुला राष्ट्रिय पौडी प्रतियोगिताको नतिजाका आधारमा समान २–२ पुरुष, महिला खेलाडीको छनोट गरिने पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । प्रतियोगितामा ७३ पुरुष र ३६ महिला खेलाडीको सहभागिता रहनेछ ।

दुईदिने प्रतियोगितामा उमेरसमूहको प्रतियोगिता पनि हुनेछ । त्यसमा १ सय ३८ ब्वाइज र ८६ गल्र्सले भाग लिने भएका छन् । खेलहरू मानभवनस्थित लिङ्क स्कुलमा हुनेछ ।