कुमारीपाटीमा टाइटन जिम सञ्चालनमा
ललितपुरको कुमारीपाटीस्थित लव भवनमा टाइटन जिम एन्ड फिट्नेस सञ्चालनमा आएको छ । शारीरिक सुगठनका अन्तर्राष्ट्रिय जज सुनील राजकर्णिकार र सूर्यकृष्णले करिब १ करोडको लगानीमा फिट्नेस खोलेका हुन् ।
सञ्चालकमध्येका श्रेष्ठले ‘एक घन्टा आफ्ना लागि’ भन्ने उद्देश्य साथ खोलिएको फिट्नेसमा अन्तर्राष्ट्रिय मापडण्डको सामग्री राखिएको एरोबिक्स, जुम्बा, साउना, स्टिमलगायतको सुविधा पनि उपलब्ध हुने जानकारी दिएका थिए । श्रेष्ठले एक दिनको १ सय २५ रुपैयाँमा फिट्नेसमा रहेको सबै सुविधा प्रयोग गर्न सकिने बताए ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका प्रथम उपाध्यक्ष एवम् पूर्वएआईजी विजयलाल कायस्थले फिट्नेसको उद्घाटन गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेताका साथै शारीरिक सुगठन सङ्घअन्तर्गतको जजेज कमिटीका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण विजेता महेश्वर महर्जन तथा विश्व पावर लिफ्टिङ च्याम्पियनसिपको मास्टर्सतर्फ रजत जितेका ज्ञानेन्द्र नकर्मी र सब जुनियरमा कांस्य जितेका रोजिन नकर्मी सम्मानित भएका थिए । जजेज कमिटीका विजयलाल कायस्थसहित गोविन्द चित्रकार, अनिललाल श्रेष्ठ, प्रतापकाजी बरिया र श्याम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया