नेपाली पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सल्टेन्सीले सहयोग गर्ने भएको छ । मेन्टरले दुई वर्षका लागि खेलाडीलाई आवश्यक पर्ने खेल पोसाक र सामग्रीका साथै खुराक खर्च प्रायोजन गर्ने भएको हो ।
नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाको उपस्थितिमा तेक्वान्दो सङ्घअन्तर्गतको पारा तेक्वान्दो कमिटीका संयोजक कसिम मियाँ धोबी र मेन्टरका प्रबन्धनिर्देशक हेमन्त भट्टराईले जेठ २० गते आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेन्टरले दुई वर्षको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने पारा तेक्वान्दोलाई नगदसहित सम्मान पनि गर्नेछ ।
निर्देशक भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई सहयोग गरेको बताउँदै टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई पनि सहयोग गर्ने सोच रहेको सो अवसरमा बताएका थिए ।
पारा तेक्वान्दो कमिटीका सचिव एवम् तेक्वान्दो सङ्घका प्रवक्ता दीपक विष्टले फरक क्षमता भएका खेलाडीका लागि सहयोगको हात बढाएकोमा मेन्टरलाई धन्यवाद दिँदै मेन्टरको सहयोगले खेलाडीमा ऊर्जा थप्ने काम गरेको बताए । विष्ट मेन्टरको ‘ब्रान्ड एम्बासडर’ पनि हुन् ।
सोही अवसरमा अन्तर्राष्ट्रिय पारा तेक्वान्दोका पदक विजेता पलेशा गोबद्र्धन, रञ्जना धामी र सीता भण्डारीलाई मेन्टरले नगदसहित सम्मान ग¥यो । सबैलाई प्रशंसापत्र र १० हजार नगद हजार रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिएको थियो ।
प्रतिक्रिया