पायोनिरका सुदीप र अनिशाले जिते दोस्रो छात्रावृत्ति

पायोनिरका सुदीप र अनिशाले जिते दोस्रो छात्रावृत्ति


चेसमान्डु र गोल्डेनगेट कलेजको समन्वयमा आयोजना भएको दोस्रो छात्रवृत्ति चेस प्रतियोगितामा अपराजित रही पायोनिरका सुदीप तामाङले प्रथम स्थान हासिल गरेका छन् । तामाङले पुरुषतर्फ ७ अङ्क हासिल गर्दै उपाधिमाथि कब्जा जमाएका थिए ।

तामाङले अन्तिम चरणमा बुटवलका यमकुमार कार्कीलाई पराजित गरेका थिए । सो प्रतियोगितामा ख्वपरिङ माध्यमिक विद्यालयका निकेण कुसथा दोस्रो र धरानका गौरव नेपालले तेस्रो स्थान प्राप्त गरेका थिए ।

त्यस्तै, महिलातर्फ ग्रिनल्यान्ड विद्यालयका कुसुमलाई बराबरीमा रोक्दै पायोनिरकै अनिशा न्यौपानेले प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएकी थिइन् । सो प्रतिस्पर्धामा पायोनियरकै आभा दोस्रो तथा ग्रिनल्यान्डका कुसुम तामाङ तेस्रो भएका थिए ।

प्रतियोगितामा अधिराज्यभरिका ५२ विद्यालयका कुल १५८ विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष र गोल्डेनगेट कलेजका कार्यकारी अध्यक्ष रमेश सिलवालले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । विजेताले कुल २० लाखबराबरको छात्रवृति प्राप्त गरेका थिए ।