माओवादीको विशेष अग्रसरतामा सर्वोच्च अदालतको प्रधानन्यायाधीशसम्म बनाइएकी सुशीला कार्कीले आफ्नो औकात देखाएकी छिन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहँदा उक्त पदको मर्यादा र गरिमा राख्न नसकेकोमा आलोचित बनेकी सुशीला कार्की पूर्वप्रधानन्यायाधीशको हैसियतसमेत बिर्सिएर सडकमा उत्रिएकी छिन् ।
सर्वोच्चमा प्रधानन्यायाधीश रहेका बेला यिनले न्यायिक मर्यादा, परम्परा र नजिरहरूको धज्जी उडाउँदै निर्णय सुनाउने गरेकी थिइन् भने बेन्च तोक्ने क्रममा समेत पूर्वाग्रहपूर्ण व्यवहार छर्लङ्गै देखाउने गर्दथिन् । न्यायपरिषद्को बैठक मध्यरातमा आफ्नै घरमा राखेको, परिषद्का सदस्यलाई खबर नगरी पार्टीका नेतालाई बैठकमा सहभागी गराएको र मध्यरातमै असीजना न्यायाधीश नियुक्त गरेको विषयलाई लिएर यिनी चरम विवादमा परेकी थिइन् ।
सुशीला प्रधानन्यायाधीश रहँदा सार्वजनिक चासोका विषयको मुद्दामा बेन्च कसलाई पर्न सक्छ र निर्णय के आउन सक्छ भनी निर्णय सुनाउनुभन्दा केही दिनअघि नै सार्वजनिक जानकारीको विषय बनिसकेको हुन्थ्यो । एक लाइन, एक वाक्य लेख्न नजान्ने प्रधानन्यायाधीशको समेत परिचय बनाएकी सुशीला कार्की प्रधानन्यायाधीश रहेका बेला न्यायालयको मानमर्दन जति भयो त्यसअघि कहिल्यै त्यस्तो स्थिति नभएको न्यायकर्मीहरू बताउने गर्दछन् । लोकमानसिंह र गोपाल पराजुलीविरुद्धको ‘सङ्घर्ष’मा साथ दिएकी कार्की अहिले गोविन्द केसीको समर्थनमा सडकमै उत्रिएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेकी छिन् ।
कार्कीको यो क्रियाकलापले गोविन्द केसीसँग उनको रहस्यमयी कनेक्सनको खुलासा गरेको छ । विगतमा न्यायाधीश रहँदा गोविन्द केसी माग्ने र यिनले केसीकै मागबमोजिम अदालती निर्णय किन सुनाइदिने गरेकी रहिछिन् भन्ने रहस्य पनि अब खुल्न थालेको छ । सुशीलाको सक्रियताले कल्याण श्रेष्ठहरू मिसनमा कसरी काम गर्छन् भन्ने रहस्यको समेत खुलासा गरेको छ ।
प्रतिक्रिया