रहेनन् पूर्वसांसद जोशी

रहेनन् पूर्वसांसद जोशी


नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ ।

मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौंमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

जोशी २०३४ सालमा नेपाली कांग्रेस बैतडीको सभापति भएका थिए । ०४४ मा कांग्रेसको केन्द्रीय सदस्य बनेका जोशी ०४८ मा बैतडी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।