प्रहरी दिवसमा क-कसले गरे रक्तदान ?

प्रहरी दिवसमा क-कसले गरे रक्तदान ?


राजविराज । ६३औं प्रहरी दिवसको अवसरमा राजविराजमा ६० जनाले रक्तदान गरेका छन् । सप्तरी जिल्ला प्रहरी कार्यालयको आयोजना र राजदेवी युवा क्लबको प्रायोजनमा स्थानीय राजदेवी मन्दिरमा भएको रक्तदान कार्यक्रममा प्रहरी, नेपाली सेना, कर्मचारी, चिकित्सक, गैससकर्मी, अधिकारकर्मी, शिक्षकलगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा डा. कल्पना साह, अधिवक्ता मनु खनाल, राष्ट्रिय सहकारी बैंकका मनिन्द्र श्रेष्ठ, विवेक खडका, प्याब्सनकी रिमा झा, सेफ हाउसकी अनीता पोखरेल, सबल नेपालका भुपेशकुमार साह, रोशनकुमार मण्डल, स्थानीय आनन्द झा, राजिव झा र तुलसी चौधरीले रक्तदान गरे ।

यसैगरी नेपाली सेनाका हर्कबहादुर मल्ल, भवानसिंह कुँवर, सुभाष खडका, इन्द्र भण्डारी तथा प्रहरीहरु गायत्री दाहाल, निर्मला यादव, रमेशकुमार झा, भुपेन्द्र खनाल, रामबहादुर मगर, अजयकुमार महतो, कृष्ण माझी, सन्दिपसागर राउत, रामप्रसाद घिमिरे, कामेश्वर यादव, सन्तोष श्रेष्ठ, राकेश महतो, प्रविण कार्की, सन्तोषकुमार बुढाथोकी, बिमल गेलाङ्ग, राजकिशोर प्रसाद यादव, सुनिल थापा, ब्रिजकुमार यादव र खेमबहादुर मगरले पनि रक्तदान गरेका छन् ।