क्षमताभन्दा ज्यादा यात्रु चढाउँदा बस दुर्घटनाग्रस्त

क्षमताभन्दा ज्यादा यात्रु चढाउँदा बस दुर्घटनाग्रस्त


नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस शुक्रबार विहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कँडेलको उपचारको क्रममा काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । उक्त बा १ ख ६३५६ नं को बस दुर्घटनामा दुर्घटनामा ५५ यात्रु घाइते भएका छन् ।

घाइते मध्ये ३३ जनाको उपचार काठमाडौं र २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना हुदाँ सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तस्बिर रासस