महिना दिन पनि टिकेन प्रेमविवाह

महिना दिन पनि टिकेन प्रेमविवाह


सप्तरीमा प्रेमविवाह गरेको महिना दिनमै एक युवतीले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएकी छिन् ।

सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोसी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।

नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारीरिक यातना दिने गरेकाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन् ।