६ वर्षदेखि अर्धचेत बास्तोलाको अवस्था गम्भीर

६ वर्षदेखि अर्धचेत बास्तोलाको अवस्था गम्भीर


नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ । अवस्था जटिल भएपछि उनलाई आज (शनिबार) मध्याह्न बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिए पनि अस्पतालले ४ बजे डिस्चार्ज गरेपछि खुमलटारस्थित निवास लगिएको छ । उनको अवस्था बुझ्न अहिले उनको निवासमा नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा आफन्त र शुभचिन्तक पुगेका छन् ।

१४ पुस ०६९ मा विराटनगरमा भएको बास्तोलाहरूको बन्धु भेलामा सहभागी हुने क्रममा बास्तोलालाई ब्रेन अट्याक भएको थियो । उनी सोही बेलादेखि अर्धचेत अवस्थामा छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बास्तोलाको अवस्था निकै गम्भीर भएको र चिकित्सकहरूकै सल्लाहमा अस्पतालबाट घर लगिएको बताए ।

उनको भारतस्थित मेदान्त अस्पतालमा लामो समयको उपचारपछि घर ल्याइएको थियो । बाँसबारीको न्युरो अस्पतालमा उपचार गराउँदा पनि उनको होस आउन सकेको छैन ।